२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

च्याम्पियन्स लिगको फाइनलमा पीएसजी र बायर्न म्युनिक भिड्ने

बिहिबार ०४, भदौ २०७७ १२:२६

च्याम्पियन्स लिगको फाइनलमा पीएसजी र बायर्न म्युनिक भिड्ने

एजेन्सी । च्याम्पियन्स लिगको फाइनलमा पीएसजी र बायर्न म्युनिक भिड्ने भएका छन् ।

सर्ज जेनाब्रीको दुई तथा रोबर्ट लेवनडोस्कीले एक गोल गरेपछि बायर्न म्युनिकले बुधबार लियोनलाई ३–० ले हराउदै युरोपेली च्याम्यिन्स लिगको फाइनल यात्रा तय गर्‍यो ।

अब उपाधिको भिडन्तमा बायर्नले पेरिस सेन्ट जर्मेन (पीएसजी) को सामना गर्नेछ । स्टोडियो जोसे एल्भाल्डेमा भएको खेलमा लियोनले सुरुमा पाएको दुई मौकाको सदुपयोग गर्न सकेन् ।

त्यसलगत्तै जेनाब्रीले १८औं मिनेटमा पहिलो गोल गरे भने खेलले आधा घण्टाको समय छुँदा दोस्रो गोल थपे । लेवनडोस्कीले ८८ औं मिनेटमा तेस्रो गोल गरे । यो उनको सिजनको ५५ औं गोल रह्यो ।

बायर्नले च्याम्पियन्स लिगका १० खेलमा ४२ गोल गरिसकेको छ र त्यसमा बार्सिलोनामाथि प्राप्त ८–२ को जित पनि पर्छ । अब बायर्नसामु घरेलु लिग र कपसँग च्याम्पियन्स लिग जित्ने अवसर पनि आएको छ ।


#च्याम्पियन्स लिग

प्रतिकृया दिनुहोस