२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

बार्सिलोनाकाे नयाँ प्रशिक्षकमा रोनाल्ड कोमन नियुक्त

बुधबार ०३, भदौ २०७७ ०६:३५

बार्सिलोनाकाे नयाँ प्रशिक्षकमा रोनाल्ड कोमन नियुक्त

एजेन्सी । बार्सिलोनाले बुधबार आफ्नो नयाँ प्रशिक्षकमा रोनाल्ड कोमनलाई नियुक्त गरेको छ । यसअघिका प्रशिक्षक क्विक सेटिनलाई बर्खास्त गरेको दुई दिनपछि कोमनलाई नियुक्त गरिएको हो । 

बार्सिलोनामा जिम्मेवारी सम्हाल्न ५७ वर्षीय कोमनले नेदरल्यान्डको प्रशिक्षक पद भने छाडेका छन् । डच फुटबल संघसँग उनको दुई वर्षको अनुबन्ध बाँकी थियो । 

सन् १९८९ देखि १९९५ सम्म बार्सिलोनाका खेलाडी समेत रहेको कोमनले त्यसबीचमा चार लिग उपाधि र एक युरोपियन कप जितेका थिए ।

यस सिजन भने बार्सिलोना उपाधिविहीन रह्यो । सन् २००७–०८ यता बार्सिलोनाले कुनै उपाधि नजितेको यो पहिलो पल्ट हो । 


#बार्सिलोना

प्रतिकृया दिनुहोस