२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

बार्सिलोनाका प्रशिक्षक सेटिन बर्खास्त

मङ्गलबार ०२, भदौ २०७७ ०९:१२

बार्सिलोनाका प्रशिक्षक सेटिन बर्खास्त

बार्सिलोना । बार्सिलोनाले सोमबार आफ्ना प्रशिक्षक क्विक सेटिनलाई बर्खास्त गरेको छ ।

युरोपेली च्याम्पियन्स लिग क्वाटरफाइनलमा बायर्न म्युनिकको हातबाट ८–२ ले पराजित भएको दुई दिनपछि सेटिनलाई हटाइएको हो ।

बार्सिलोनाले ६१ वर्षीय सेटिनलाई जनवरीमा मात्र नियुक्त गरेको थियो । त्यस अगाडि क्लबले दुई पल्ट लिग उपाधि दिलाउने एरनेस्टो भाल्भरेडेलाई पनि बर्खास्त गरेको थियो । त्यतिबेला क्लब अंकतालिकाको शीर्ष स्थानमा पनि थियो ।

यस सिजन भने बार्सिलोना उपाधिविहीन रह्यो र क्लबले कुनै उपाधि जित्न नसकेको १२ वर्षयता पहिलो हो ।

क्लब लिगमा रियल म्याड्रिडपछि दोस्रो स्थानमा रह्यो भने कोपा डे रेमा क्वाटरफाइनलबाट बाहिरिएको थियो ।

 


#बार्सिलोना

प्रतिकृया दिनुहोस