शनिबार ३१, साउन २०७७ १०:२९
काठमाडाैं । सिन्धुपाल्चाेककाे जुगल गाउँपालिका–२ लिदी लामागाउँको पहिरोमा बेपत्ता भएकामध्ये ११ जनाको शब फेला परेको छ ।
शुक्रबार पुरिएको अवस्थामा फेला परेका उनीहरूकाे शनिबार सनाखत भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पहिराेमा बेपत्ता रहेका २८ जनाकाे खाेजी जारी छ । शुक्रबार बिहान खसेकाे पहिराेले ३७ घर बगाउँदा बेपत्ता भएका ३९ जना मध्ये ११ शब भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी माधवप्रसाद काफ्लेका अनुसार मृत्यु हुनेहरुमा लिदी लामागाउँकी ३६ वर्षीया टिकामाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय जिते झाक्री, ८ वर्षीय मिलन दोङ, ८ वर्षीय सानु दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीय दावाल्हामु दोङ, ५ वर्षीया प्रिती दोङ, ५ महिनाकी कान्छी दोङ, ३४ वर्षीया धनमाया दोङ र ४ महिनाका रेमिश दोङ छन् ।
पहिरोमा पुरिएर घाइते भएका जुगल लिदीका ९ वर्षका रुपबहादुर दोङ,४३ वर्षकी जुनमाया दोङ, ६० वर्षकी केवरीङ दोङ र २३ वर्षका पासाङ दोङको चौतारास्थित अस्पतालमा उपचार भइरहेको छ भने ४५ वर्षकी यामुलामु दोङको काठमाडौंको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस