२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा

मङ्गलबार २७, साउन २०७७ ०५:१६

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा

नयाँदिल्ली । स्वास्थ्य अवस्था गम्भीर भएपछि भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरमा राखिएको छ । सोमबार दिल्लीको सैनिक अस्पतालमा मुखर्जीको शल्यक्रियामार्फत् मष्तिष्कमा जमेको रगत हटाइएको थियो । 

शल्यक्रियापछि स्वास्थ्य अवस्था गम्भीर भएकाे कारण भेन्टिलेटरमा राखिएको अस्पतालले जनाएको छ । त्यही क्रममा परीक्षण गर्दा ८४ वर्षिय मुखर्जीमा कोरोना भाइरसको संक्रमणसमेत पुष्टि भएको थियो । संक्रमणको जानकारी मुखर्जी आफैले ट्विटमार्फत् गराएका थिए ।

अस्पतालद्वारा मंगलबार अपरान्ह जारी बुलेटिनमा मुखर्जीको अवस्था गम्भीर रहेका कारण भेन्टिलेटरमा राखिएको जनाइएको छ ।

‘पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई सोमबार गम्भीर अवस्थामा भर्ना गरिएको थियो । परीक्षणका क्रममा उनको मष्तिष्कमा रगत जमेको पत्ता लाग्यो त्यसका लागि शल्यक्रिया गरिएको थियो । त्यसपछि उनलाई अवस्था गम्भीर रहेका कारण भेन्टिलेटरमा राखिएको छ’ अस्पतालबाट जारी बुलेटिनलाई उद्धृत गर्दै भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।


#भारत

प्रतिकृया दिनुहोस