२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

अस्पताल प्रशासनको लापरवाहीका कारण सिटी स्क्यान खरिद प्रक्रिया अन्यौलमा

- नबिन अवस्थी सोमबार २७, माघ २०७६ १०:४४

अस्पताल प्रशासनको लापरवाहीका कारण सिटी स्क्यान खरिद प्रक्रिया अन्यौलमा
फाइल फोटो

धनगढी । सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान खरिद प्रक्रियामा ढिलाइ भएको छ ।

अस्पताल प्रशासनको लापरवाहीका कारण चालु आर्थिक बर्षको ७ महिना बित्दा पनि खरिद प्रक्रिया अझै सुरु हुन सकेको छैन् । 
चालु आर्थिक बर्षमा सिटी स्क्यान खरिदका लागी सामाजिक बिकास मन्त्रालयले साढे ८ करोड रकम बिनियोजन गरेको भएपनि अस्पताल प्रशासनले आन्तरिक कारण देखाउदै सिटी स्क्यान खरिद गर्न नसकिने भन्दै रकमान्तरका लागी उल्टै मन्त्रालयमा पत्र पठाएको छ ।

बिरामीको निकै चाप भइरहने सेति प्रादेशिक अस्पतालमा सिटि स्क्यान मेसिन नहुँदा बिरामीहरु चर्काे मुल्य तिरेर निजी अस्पताल धाउन बाध्य छन् । प्रदेशको एकमात्र रेफरल अस्पताल हो सेति प्रादेसिक अस्पताल, तर अस्पतालमा सिटी स्क्यान सेवा नहुँदा बिरामीहरु सास्ती खेप्न बाध्यछन् । उक्त सेवाको लागी अस्पताल पुग्ने बिरामीलाई डाक्टरहरुले अहिले निजी अस्पताहरुमा पठाउने गरेको  धनगढी उपमहानगरपालीका १० जुगेडाका भगिरथ राना बताउँछन् । 


बिरामीहरु निजी क्षेत्रको सिटी स्क्यान मेसिनबाट सामान्य सेवाको लागी ८ हजार देखी १८ हजार सम्म तिर्न बाध्य छन् । जवकी सेती प्रादेसिक अस्पतालमै यो सेवा सुरु भए बिरामीले ४ हजारमै सेवा पाउनेछन् । सेवाग्राही यथासिघ्र अस्पतालमा सिटी स्क्यान सेवा सुरु हुनुपर्ने स्थानिय सेवाग्राही रुपबहादुर कुँवरको माग छ । 


सेती प्रादेशिक अस्पतालमा  सिटी  स्क्यान खरिदका लागी बिगतमा पनि चर्चा नचलेको होइन । सरकारी तथा विभिन्न गैर–सरकारी निकायले मेसिन खरिदका लागी सहयोगको तत्परता देखाएकै हुन । यस बर्ष पनि सामाजिक बिकास मन्त्रालयले अस्पतालमा सिटी स्क्यान खरिदका लागी साढे ८ करोड र त्यसकै भवन निर्माणका लागी ६ करोड विनियोजन गरेको छ ।

तर चालु आर्थिक बर्षको ७ महिना बित्दा पनि खरिद प्रक्रिया भने सुरु भएको छैन । अस्पताल प्रशासनले आन्तरिक कारण देखाउदै सिटी स्क्यान खरिद गर्न नसकिने भन्दै रकमान्तरका लागी उल्टै मन्त्रालयमा पत्र पठाएको सामाजिक बिकास मन्त्रालयका निमित्त सचिव झंकर बिष्टले बताउनुभयो । 


अस्पतालका मेडिकल सुपरिडेन्ट डा.हेमराज पाण्डे भने सिटी स्क्यानका लागी आवश्यक संरचनाको अभाव रहेका कारण रकमान्तरका लागी मन्त्रालयमा पत्र पठाएको स्विकार गर्नुभयो ।

यद्यपी मन्त्रालयले रकमान्तरका लागी निर्देशन नदिएकाले अव सिटि स्क्याननै खरिद हुने उहाँको भनाई छ । प्राविधिक कारणवस हाल सम्म सिटी स्क्यान खरिद प्रक्रिया रोकिएको भएपनि अव भने गति पाउने उहाँकोे भनाई छ । 


#धनगढी #सेती प्रादेशिक अस्पताल

प्रतिकृया दिनुहोस