२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

राष्ट्रिय फुटबल खेलाडीको कोरोना परीक्षण आजदेखि

सोमबार २६, साउन २०७७ ११:१८

राष्ट्रिय फुटबल खेलाडीको कोरोना परीक्षण आजदेखि

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टोलीका पुरुष खेलाडीको कोरोना परीक्षण आजदेखि गरिने भएको छ ।

कोरोना परीक्षणको नतिजाका आधारमा उनीहरूलाई आगामी भदौ १ गतेदेखि सुरू हुने प्रशिक्षणमा सहभागी गराइने छ । 

खेलाडीको पीसीआर परीक्षण सोमबार र मगंलबार गरिने अखिल नेपाल फुटबल सघं (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिए । 

विश्वकप छनोट खेलको प्रशिक्षणका लागि हाल  ३४ पुरुषखेलाडीलाई क्वारेन्टिनमा राखिएको छ । खेलाडीसंगै प्रशिक्षक, पदाधिकारी र एन्फा होस्टलका कर्मचारीको पनि कोरोना परीक्षण गरिने  प्रबक्ता राईले बताए । 

सरकारले आगामी भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि प्रशिक्षण गर्न सकिने निर्णय गरेपछि एन्फाले प्रशिक्षणको तयारी थालेको हो ।

फिफा र विश्व स्वास्थ्य सगंठनका साथै नेपाल सरकारको स्वास्थ्य सुरक्षासम्बन्धी निर्देशिकाअनुसार एन्फाले खेलाडीलाई प्रशिक्षणको व्यवस्था गर्नेछ । 

विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले अब तीन खेल खेल्न बाँकी छ ।

कोरोना भाइरसका कारण स्थगित भएको छनोट खेल आगामी अक्टोबर र नोभेम्बरमा गराउने एशियाली फुटबल महासङ्घ (एएफसी) ले फिफालाई प्रस्ताव गरेको छ ।

स्थगित भएका खेल आगामी अक्टोबर ८ र १३ तारिख तथा नोभेम्बर १२ र १७ तारिखमा गराउने उल्लेख छ । 

 


#नेपाली राष्ट्रिय फुटबल टोली

प्रतिकृया दिनुहोस