२०८१ बैशाख २३ गते आइतबार | 5 May, 2024

देउवाले गरे पार्टीका १२ विभागमा ४५७ जनालाई मनोनयन (सूचिसहित)

सोमबार २६, साउन २०७७ ०८:०६

देउवाले गरे पार्टीका १२ विभागमा ४५७ जनालाई मनोनयन (सूचिसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका १२ वटा विभागमा ४ सय ५७ जनालाई मनोनयन गरेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुले पुरानो नियुक्ति नै खारेज गर्न माग गरिराखेका बेला सभापति देउवाले  विभागमा मनोनयन गरेका हुन।

केन्द्रीय सदस्यहरु प्रमुख रहेका बिभागमा आइतबार उपप्रमुख, सचिव र सदस्यहरु मनोनित गर्दै सभापति देउवाले ती बिभागलाई पूर्णता दिएका हुन्।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आइतबार राति जारी विज्ञप्तिमा देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम नेपाली कांग्रेस केन्द्रीय विभागहरुमा उपप्रमुख, सचिव, सदस्यहरु मनोनयन गरिएको जनाएका छन्।

गोपालमान श्रेष्ठ प्रमुख रहेको पार्टीकाे संगठन बिभागमा ४१ जना, हरि नेपाल प्रमुख रहेको शिक्षा बिभागको उपप्रमुखमा शेषनाथ अधिकारी, सचिव कृष्णप्रसाद पौडेलसहित ४० जना, महेन्द्र यादव प्रमुख रहेको यातायात व्यबसायी समन्वय बिभागमा ४१ जना, फरमूल्ला मन्सुर प्रमुख रहेकाे मुस्लिम बिभागमा परबेज अन्सारीसहित ३८ जना, अजयकुमार चौरसिया प्रमुख रहेको तराई मधेश समन्वय बिभागको उपप्रमुखमा श्रीप्रसाद राउत, सचिव रामनारायणप्रसाद कुर्मीसहित ३९ जना, रमेश रिजाल प्रमुख रहेको संघीय मामिला तथा प्रदेश समन्वय बिभागमा ४० जना, अम्बिका बस्नेत प्रमुख रहेको बन, वातावरण तथा बिपद् व्यबस्थापन बिभागमा ३९ जना, आनन्दप्रसाद ढुंगाना प्रमुख रहेको बित्तीय तथा सहकारी संस्था समन्वय बिभागको उपप्रमुखमा गोविन्दबहादुर मल्लसहित ३९ जना, अर्जुनप्रसाद जोशी प्रमुख रहेको स्थानीय तह समन्वय बिभागमा ३८ जना, बीरबहादुर बलायर प्रमुख रहेको निर्माण व्यबसायी समन्वय बिभागमा ३९ जना सदस्य छन्।

यसअघि मोहनबहादुर बस्नेत प्रमुख रहेको खेलकूद, शंकर भण्डारी प्रमुख रहेको तरुण र इश्वरी न्यौपाने प्रमुख रहेको महिला बिभागले पूर्णता पाइसकेको थियाे ।

 

सूचि हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

 

 

 

 

 


#काँग्रेस

प्रतिकृया दिनुहोस