२०८१ बैशाख १८ गते मङ्गलबार | 30 April, 2024

कर्मचारीको आलोपालो गरी बैंक सन्चालन गर्न राष्ट्र बैंककाे निर्देशन

आइतबार २५, साउन २०७७ ०५:२९

कर्मचारीको आलोपालो गरी बैंक सन्चालन गर्न  राष्ट्र बैंककाे निर्देशन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुलाई घरैबाट काम गर्न र अत्यावश्यक पर्ने शाखाहरु न्युनतम् कर्मचारीहरु मात्रै राखेर सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।

राष्ट्र बैंकले आइतबार सूचना निकालेर बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिएको हो । यस्तो विषम परिस्थितिमा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अपनाएर कसरी गुणस्तरीय सेवा दिन सकिन्छ भन्ने बारेमा ‘विजनेश कन्टिन्यस्टी प्लान’ बनाउन पनि राष्ट्र बैकले आग्रह गरेको छ ।

‘सोही योजनाअनुसार कोभिडको जोखिम व्यवस्थापन गर्न आवश्यकताअनुसार समूह विभाजन गरी आलोपालो प्रणालीमा कर्मचारी उपस्थित हुने व्यवस्था मिलाउने,’ सूचनामा भनिएको छ ।

सरकारले देशको विभिन्न स्थानमा बन्दाबन्दी, निषेधाज्ञा, सार्वजनिक तथा निजी सवारी साधनको आवागमनमा जोरबिजोर प्रणाली लगायत विशेष परिस्थितिलाई मध्यनजर गरी घरबाटै काम गर्ने वातावरण बनाउन पनि राष्ट्र बैंकले भनेको छ ।

राष्ट्र बैंकले जारी गरेकाे सूचना


#नेपाल राष्ट्र बैंक

प्रतिकृया दिनुहोस