२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

मेसीको उत्कृष्ट प्रदर्शनले बार्सिलोनाले अन्तिम आठमा

आइतबार २५, साउन २०७७ ०९:०३

मेसीको उत्कृष्ट प्रदर्शनले बार्सिलोनाले अन्तिम आठमा

बार्सिलोना । लियोनल मेसीको उत्कृष्ट प्रदर्शनको मद्दतले बार्सिलोनाले शनिबार नेपोलीलाई ३–१ ले हराएर युरोपेली च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ ।

बार्सिलोना दुई टाइको खेलपछि समग्रमा ४–२ ले अगाडि रह्यो । बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनल पुगेको यो लगातार १३ औं सिजन हो ।

अब सेमिफाइनल प्रवेशका लागि बार्सिलोनाले बायर्न म्युनिकको सामना गर्नेछ ।

बार्सिलानाका लागि क्लेमेन्ट लेनग्लेट, मेसी र लुइस स्वारेजले गोल गरे ।

टिमको दोस्रो गोलका लागि मेसीले विपक्षी चार डिफेन्डरलाई छलाएर बललाई घुमाउने बाटो दिएका थिए । नेपोलीका तर्फबाट लोरेन्जो इनसिग्नेले एक गोल फर्काए ।


#युरोपेली च्याम्पियन्स लिग

प्रतिकृया दिनुहोस