२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

२०२१ काे ट्वान्टी–२० विश्वकप भारतमा हुने

शनिबार २४, साउन २०७७ ०९:४९

२०२१ काे ट्वान्टी–२० विश्वकप भारतमा हुने

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सन् २०२१ मा पुरुष ट्वान्टी–२० विश्वकप भारतमा आयोजना गर्ने निर्णय गरेको छ । यो वर्ष हुनुपर्ने ट्वान्टी–२० विश्वकपको अर्को संस्करण भने अब सन् २०२२ मा अस्ट्रेलियामा हुनेछ ।

कोरोना भाइरस संक्रमणको महामारीका कारण यो प्रतियोगिता पछाडि सारिएको हो । यस्तै आईसीसीले महिलाको वान डे विश्वकप पनि पछाडि सारेको छ ।

अब सन् २०२२ को फेब्रुअरी, मार्चमा मात्र यो प्रतियोगिता हुनेछ । यो प्रतियोगिता न्युजिल्यान्डमा हुने कार्यक्रम थियो । भारतले भने नियमित कार्यक्रम अनुसार पुरुष ट्वान्टी–२० विश्वकपको आयोजना गर्ने अवसर पाएको हो ।


#अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल

प्रतिकृया दिनुहोस