२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

रियललाइ हराउँदै म्यानचेस्टर सिटी क्वाटरफाइनलमा

शनिबार २४, साउन २०७७ ०९:१७

रियललाइ हराउँदै म्यानचेस्टर सिटी  क्वाटरफाइनलमा

एजेन्सी । म्यानचेस्टर सिटीले विपक्षी डिफेन्डर राफेल भरानको दुई भुलको फाइदा उठाउँदै शुक्रबार रियल म्याड्रिडलाई २–१ ले हराएर युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गरेको छ ।

पेप ग्वार्डिओला र जिनेदिन जिदानबीचको प्रतिष्ठाको लडाइँ मानिएको अन्तिम १६ को दोस्रो लेग पनि जितेर सिटी व्यवस्थापक अब्बल साबित भए ।

फ्रान्सेली जिदान च्याम्पियन्स लिगको नकआउट चरणबाट प्रशिक्षकका रूपमा बाहिरिएको यो पहिलो पल्ट हो ।

यसअघि उनले सन् २०१६ देखि २०१८ बीच रियललाई लगातार तीन वर्ष च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए ।

बर्नाबाउमा भएको पहिलो लेग पनि २–१ ले गुमाएको रियल यसपल्ट भने कमजोर साबित भयो ।


#युरोपेली च्याम्पियन्स लिग

प्रतिकृया दिनुहोस