२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

सुनको मूल्य प्रतिताेला १ लाख नाघ्याे

बुधबार २१, साउन २०७७ ११:३६

सुनको मूल्य प्रतिताेला १ लाख नाघ्याे

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य १ लाख नाघेको छ ।

नयाँ रेकर्ड राखिरहेको छापावाल सुनको मूल्य बुधबार १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

एकैदिन १६ सय रुपैयाँले बढेर सुनको मूल्य एक लाख नाघेको हो ।

मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँका कारोबार भएको थियो ।

तेजावी सुन आज मूल्य बढेर प्रतिताेला १ लाख ९ सय रुपैयाँ पुगेको छ ।

आज चाँदीको मूल्य १२ सय ९५ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

चाँदी अघिल्लो दिनको तुलनमा बुधबार ६५ रुपैयाँले बढी छ। मंगलबार चाँदी १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


#सुनचाँदी

प्रतिकृया दिनुहोस