२०८१ बैशाख २४ गते सोमबार | 6 May, 2024

त्रिविको ताला खोल्न उच्च अदालत पाटनको अन्तरिम आदेश

आइतबार १८, साउन २०७७ ०८:५२

त्रिविको ताला खोल्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडाैं । उच्च अदालत पाटनले त्रिभुवन विश्वविद्यालयमा गरिएको तालाबन्दी खुलाउन आइतबार अन्तरिम आदेश दिएको छ ।

न्यायधीश रामबहादुर थापाको इजलासले स्थानीय प्रशासन ऐन २०२८ अनुसार शिक्षण संस्थामा तालाबन्दी जस्ता कुनै पनि अवरोध पुर्‍याउन नहुने भन्दै अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा विश्वविद्यालयको केन्द्रीय कार्यालय, सचिवालयमा तालाबन्दी जस्ता अवरोधजन्य कार्य नगर्नु, नगराउनु, सुचारु रुपमा सञ्चालन गर्न दिनु भनिएको छ ।

अदालतका अनुसार त्रिविका कर्मचारी महेश्वरमान श्रेष्ठले दायर गरेको रिटमा सुनुवाई गर्दै अल्पकालीन समयका लागि अन्तरिम आदेश जारी गरेको हो ।

त्रिविका पदाधिकारीका कार्यालयमा विभिन्‍न माग राखि प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल विद्यार्थी संघले विभिन्‍न समयमा तालाबन्दी गरेका थिए । अदालतले साउन २३ गते दुवै पक्षलाई तारेखमा समेत डाकेको छ ।


#त्रिभुवन विश्वविद्यालय

प्रतिकृया दिनुहोस