२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

कांग्रेसका ९ भ्रातृ संस्थाको म्याद ६ महिना थप

शुक्रबार १६, साउन २०७७ ०९:११

कांग्रेसका ९ भ्रातृ संस्थाको म्याद ६ महिना थप

काठमाडाैं । नेपाली कांग्रेसले पदावधि समाप्त भएका पार्टीका नौ भ्रातृ संघको म्याद ६ महिनाका लागि थप गरेको छ ।

पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन हुने गरी म्याद समाप्त भएका मितिबाट ६ महिनाका लागि उक्त भ्रातृ संघहरुको म्याद शुक्रबार थप गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको म्याद थप गरेको हो ।


#काँग्रेस

प्रतिकृया दिनुहोस