२०८१ बैशाख १८ गते मङ्गलबार | 30 April, 2024

अर्काे बैंककाे एटीएमबाट काराेबार गर्दा शुल्क नलाग्‍ने

शुक्रबार ०२, साउन २०७७ ०६:३२

अर्काे बैंककाे एटीएमबाट काराेबार गर्दा  शुल्क नलाग्‍ने

काठमाडाैं ।   कोरोना महामारी रहेसम्म एउटा बैंक तथा वित्तीय संस्थाको एटीएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थामा प्रयोग गर्दा शुल्क नलाग्ने भएको छ ।

राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति जारी गर्दै एउटा वित्तीय संस्थाको एटीएम अर्को संस्थामा प्रयोग गर्दा शुल्क नलाग्ने जानकारी दिएको हो ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अन्तर बैंक एटीएम कारोबार गर्दा पैसा नलाग्ने बताएका हुन् ।

यसअघि नेपाल बैंकर्स संघले अन्तर बैंक एटीएम कारोबारसँगै अन्य विद्युतीय भुक्तानीमा शुल्क लाग्ने बताएका थिए ।


#नेपाल राष्ट्र बैंक

प्रतिकृया दिनुहोस