२०८१ बैशाख १८ गते मङ्गलबार | 30 April, 2024

सार्वजनिक बिदामा समेत बैंकका शाखा खोल्न निर्देशन

शुक्रबार २६, असार २०७७ ०८:४४

सार्वजनिक बिदामा समेत बैंकका शाखा खोल्न निर्देशन

काठमाडाैं ।  नेपाल राष्ट्र बैंकले शनिबार पनि बैंक तथा वित्तीय संस्थाको शाखा खोली कारोबार गर्न निर्देशन दिएको छ ।

बैंकका अनुसार नेपाल सरकारको राजश्व बुझ्ने प्रयोजनका लागि यही असार २७ गते र सो पछिका जुनसुकै सार्वजनिक बिदाका दिनमा समेत बैंक तथा वित्तीय संस्थाको शाखा खोल्न निर्देशन दिइएको छ ।

राजश्व सङ्कलन गर्ने शाखा तथा काउण्टर एवं बैंकका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरलगायत नेपाल क्लियरिङ हाउस पूर्णकालीन रुपमा खुला गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

चालु आव सकिन केही दिन बाँकी रहेकाले राजश्व जम्मा गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाको शाखा अनिवार्य रुपमा खोल्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।


#नेपाल राष्ट्र बैंक

प्रतिकृया दिनुहोस