२०८१ भदौ २३ गते आइतबार | 8 September, 2024

ढल्यो प्रचण्ड नेतृत्वको सरकार

- विशेष खबर शुक्रबार २९, असार २०८१ ०५:४६

ढल्यो प्रचण्ड नेतृत्वको सरकार

काठमाडौं । शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत नपाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकार ढलेको छ । 

असार १७ मा कांग्रेस र एमाले बीच नयाँ समीकरण बनेर एमाले सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेका प्रचण्डले एकै कार्यकालमा शुक्रबार पाँचौँ पटक विश्वासको मत लिएका हुन् ।

चार पटक विश्वासको मत पाउन सफल प्रचण्ड यो पटक असफल बनेसँगै १८ महिना सत्ताको नेतृत्व गरेपछि प्रतिपक्षमा पुगेका छन् । 

संसदमा कुल २५८ सांसदको उपस्थिति रहेकामा पक्षमा ६३ मतमात्रै पर्‍यो । यस्तै विपक्षमा १९४ मत पर्दा एक सांसद तटस्थ बसे ।

 


प्रतिकृया दिनुहोस