२०८१ बैशाख ३१ गते सोमबार | 13 May, 2024

सहिद स्मारक बी डिभिजन लिग फुटबल फागुन ११ देखि हुने

बिहिबार ०८, फागुन २०७६ १०:२३

सहिद स्मारक बी डिभिजन लिग फुटबल फागुन ११  देखि  हुने

काठमाडाैं, सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता ११ फागुनदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सुरु हुने भएकाे छ । प्रतियोगिताको पहिलो खेलमा श्रीकुमारीले ब्वाइज युनियनको सामना गर्नेछ । २३ चैतसम्म चल्ने लिगमा १२ क्लब सहभागी छन् ।

आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार खेल तालिका एक कार्यक्रमबीच सार्वजनिक गरेको छ । प्रतियोगिता एकल राउन्ड रोबिनका आधारमा हुनेछ । 

यसपटकको एक क्लब मात्र रेलिगेसनमा पर्नेछ । यसपटकको विजेताले १५ लाख रुपैयाँ पाउनेछ । उपविजेताले १० लाख र तेस्रो हुने क्लबले पाँच लाख पाउनेछ । 

त्यस्तै, उत्कृष्ट स्ट्राइकर, मिडफिल्ड, डिफेन्स र गोलरक्षकसहित प्रशिक्षकलाई जनही नगद २५ हजार प्रदान गरिनेछ ।  एन्फाले हरेक खेलमा म्यान अफ द म्याच हुने खेलाडीलाई पाँच हजार रुपैयाँ दिनेछ ।

त्यस्तै, हरेक खेल जित्ने टोलीलाई २० हजार दिने आयोजक एन्फाले जनाएको छ । खेल बराबरीमा सकिए दुवै टोलीले समान ७५ सय रुपैयाँ पाउनेछन् । एन्फाले बी डिभिजन लिगमा सहभागी सबै क्लबलाई तयारीस्वरूप १० लाख दिनेछ ।

 बी डिभिजनका क्लबहरू
ब्वाइज युनियन, श्री भगवती, टुसाल, खुमलटार युथ, नयाँ बस्ती युवा, झम्सिखेल युथ, रानीपोखरी कर्नर टिम (आरसिटी), सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्टस्, बाँसबारी र श्री कुमारी क्लब ।


#फुटबल

प्रतिकृया दिनुहोस