२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

सिंगापुरमाथि नेपालकाे ८ विकेटको जित

- विशेष खबर सोमबार १३, कार्तिक २०८० १२:१४

सिंगापुरमाथि नेपालकाे ८ विकेटको जित

काठमाडौं । नेपालले ट्वान्टी २० विश्वकप छनोट एसिया क्षेत्रको पहिलो खेलमा सोमबार सिंगापुरलाई ८ विकेटले पराजित गरेको छ ।  

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटले जित हात पारेको हो ।

नेपालले १ सय ४६ रनको लक्ष्य १६.३ ओभरमै पूरा गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो । ४८ बल खेलेका कुशलले ८ चौका र २ छक्का प्रहार गर्दै ७४ रन बनाए । नेपालको जितमा आसिफ शेखले २७ रन बनाए । कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा नटआउट रहे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो ।

 

 


प्रतिकृया दिनुहोस