२०८१ बैशाख २७ गते बिहिबार | 9 May, 2024

विश्वकप क्रिकेट अन्तरगत अफगानिस्तानद्वारा पाकिस्तान पराजित

- विशेष खबर सोमबार ०६, कार्तिक २०८० ११:०३

विश्वकप क्रिकेट अन्तरगत अफगानिस्तानद्वारा पाकिस्तान पराजित
तस्बिर : एपी

काठमाडाैं । विश्वकप क्रिकेटको सोमबार भएको खेलमा अफगानिस्तानले पाकिस्तानलाई पराजित गरेको छ ।

भारतको चेन्नईमा भएको खेलमा अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले पराजित गरेको हो । २८३ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २ विकेटको क्षतिमा ४९ औँ ओभरमा जित हात पारेको हो ।

अफगानिस्तानलाई जित दिलाउने क्रममा इब्राहिम जादरानले सर्वाधिक ७८ रन बनाए । त्यस्तै, रहमनुल्लाह गुरबाजले ६५ रन जोडेका थिए ।

रहमत शाहले नटआउट ७७ र हसमतुल्लाह शाहिदीले नटआउट ४८ रन जोड्दै अफगानिस्तानलाई विजयी बनाए  ।बलिङतर्फ पाकिस्तानका शाहिन शाह अफ्रिदी र हसन अलीले समान १-१ विकेट मात्रै हात पारेका थिए ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ७ विकेट गुमाउँदै २८२ रन जोडेको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ७४ रन बनाएका थिउ ।

त्यस्तै, अब्दुल्लाह सफिकले ५८ रन जोड्दा सादाब खान र इफ्तिकार अहमदले समान ४०-४० रन जोडेका थिए  ।बलिङतर्फ अफगानिस्तानका नूर हमादले ३ विकेट लिएका थिए भने नविन उल हकले २ विकेट लिए ।

यो जितसँगै अफगानिस्तान विश्वकप प्रतियोगितामा ४ अंकका साथ छैठौं नम्बरमा उक्लिएको छ । उसले यसअघि इंगल्यान्डलाई पराजित गरेको थियो ।

पाकिस्तानको भने भारतमा भइरहेको विश्वकप प्रतियोगितामा लगातार तेस्रो पराजय हो । उसले यसअघि अष्ट्रेलिया र भारतसँग पराजय बेहोरेको थियो ।

पाकिस्तान विश्वकप प्रतियोगिताको अंकतालिकामा ४ अंकका साथ पाँचौं नम्बरमा छ ।


प्रतिकृया दिनुहोस