२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

कार्यालयमा काम थाल्नुअघि १५ मिनेट अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन

- विशेष खबर बुधबार १०, असोज २०८० ०८:४७

कार्यालयमा काम थाल्नुअघि १५ मिनेट अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले आफ्ना कर्मचारीहरुलाई बिहान कार्यालय सयम सुरु भए पछि १५ मिनेट योग अभ्यास गर्न भन्दै परिपत्र गरेको छ ।

बुधबार एक परिपत्र जारी गर्दै मन्त्रालयले महाशाखाहरु अन्तरगतका अधिकृत स्तरका सबै कर्मचारीहरुले हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्य रुपमा १५ मिनेट योग अभ्यास गरिसक्न निर्देशन दिएको छ ।

यस्तो योगअभ्यास र ध्यान गरेर मात्र आफ्नो कार्य जिम्मेवारीअनुसार काम सुरु गर्न मन्त्रालयले निर्देशन दिएको हो । निर्देशनअनुसार कार्यालय समयभित्र नै कर्मचारीले १५ मिनेट योगअभ्यास गर्नुपर्ने भएको छ ।

मन्त्रालयले मन्त्रायल, विभाग र उपत्यकाभिका कार्यालयहरुका लागि एक दिवशीय ध्यान विज्ञान कार्यक्रम सञ्चालन भइसकेको र अन्य कर्मचारीहरुका लागि पनि यस्तो कार्यक्रम सञ्चालन हुन लागेको बताएको छ । मन्त्रालयले सबै कर्मचारीलाई योगअभ्यास प्रशिक्षण दिएपछि सोही अनुरुपा योग र ध्यान गर्ने वातावरण बनाउन पनि परिपत्रमा भनेको छ ।


#कर्मचारी

प्रतिकृया दिनुहोस