२०८१ बैशाख १६ गते आइतबार | 28 April, 2024

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

- विशेष खबर बिहिबार ०४, असोज २०८० ११:१६

सुनको मूल्य  घट्यो, चाँदीको बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो । बुधबार सुन तोलामा २०० रुपैयाँले घटेको थियो । बिहीबार ३०० रुपैयाँले घटेपछि छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार २५० रुपैयाँ थियो ।

यस्तै, चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । यससँगै, बिहीबार चाँदीको मूल्य तोलामा १४ सय १० रुपैयाँ छ । बुधबार चाँदीको मूल्य तोलामा १४ सय ५ रुपैयाँ थियो ।


#सुनचाँदी

प्रतिकृया दिनुहोस