२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

राष्ट्रसंघकाे महासभामा भाग लिन न्यूयोर्क पुगे प्रधानमन्त्री, अमेरिका हिड्नुअघि संसदमा यस्ताे भने (भिडियाे)

- विशेष खबर आइतबार ३१, भदौ २०८० १०:२०

राष्ट्रसंघकाे महासभामा भाग लिन न्यूयोर्क पुगे प्रधानमन्त्री, अमेरिका हिड्नुअघि संसदमा यस्ताे भने (भिडियाे)

काठमाडाैं । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिकाको न्यूयोर्क पुगेका छन् ।

न्युयाेर्कमा प्रधानमन्त्री दाहाललाई परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका छन् । प्रधानमन्त्रीको स्वागतमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत सरकारी अधिकारीहरू उपस्थित थिए ।

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको महासभालाई असोज ४ गते  सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

यसपटकको महासभामा प्रधानमन्त्रीले ‘विश्व समुदायको विश्वास पुनः जागृत गर्ने तथा शान्ति, समृद्धि र सबै दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे’ सम्बोधन गर्नेछन् ।

न्युयोर्कमा रहँदा उनले संयुक्त राष्ट्रसंघको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

महासभाकै क्रममा प्रधानमन्त्री दाहालले विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसँग ‘साइडलाइन’ भेटघाट गर्नेछन् । राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुनेछन् ।  

प्रधानमन्त्री दाहाल अमेरिकाबाटै छिमेकी चिनियाँ प्रधानमन्त्री ली छ्याङकाे निमन्त्रणामा चीनकाे अाैपचारिक भ्रमणमा जानेछन् । 


प्रतिकृया दिनुहोस