२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

कांग्रेस सहमहामन्त्री यादव सांघातिक आक्रमणबाट घाइते

- विशेष खबर बुधबार २०, भदौ २०८० ०३:५१

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंमा धारिलो हतियारले आक्रमण भएको छ ।

काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स् क्लबको कार्यक्रमबाट बाहिरिएका यादव गाडी चढ्न लाग्दा धारिलो हतियारबाट आक्रमण भएको जिल्ला प्रहरी परिसर काठमाडाैंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए। 

उनका अनुसार आक्रमण गर्ने नुवाकोटाको विदुर नगरपालिका–७ बस्ने ४७ वर्षीय श्याम सापकोटालाई आक्रमणमा प्रयोग भएको हतियारसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

धारिलो हतियारबाट यादवको टाउकाको पछाडिको भागमा गहिरो चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सो आक्रमणको कारण खुल्न सकेको छैन ।

उक्त घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


#काँग्रेस

प्रतिकृया दिनुहोस