२०८१ बैशाख १२ गते बुधबार | 24 April, 2024

प्रहरी महानिरीक्षकमा वसन्त कुँवर

- विशेष खबर शुक्रबार १०, चैत २०७९ १०:००

प्रहरी महानिरीक्षकमा वसन्त कुँवर

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्त कुँवर बढुवा भएका छन् ।

शुक्रबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आईजीपीमा बढुवा गरेको हो । विसं २०४९ चैत ११ मा प्रहरी सेवा प्रवेश गरेका हालका आईजीपी धिरजप्रताप सिंह ३० वर्षे सेवाअवधिका कारण शनिबारबाट अनिवार्य अवकाशमा जाने भएपछि रिक्त स्थानमा कुँवरको बढुवा भएको हो ।

आईजीपी बन्ने प्रतिस्पर्धामा कुँवरसहित एआईजीहरु टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य पनि थिए । तर, सरकारले वरीयतामा पहिलो नम्बरमा रहेका कुँवरलाई बढुवा गरेको हो । यससँगै विसं २००७ साल चैतमा स्थापना भएको प्रहरीमा उनी ३० औं आईजीपी बनेका हुन् ।


प्रतिकृया दिनुहोस