२०८० चैत १५ गते बिहिबार | 28 March, 2024

राष्ट्रपति पौडेलकाे शपथ ग्रहण आज

- विशेष खबर सोमबार २९, फागुन २०७९ ०८:५७

राष्ट्रपति पौडेलकाे शपथ ग्रहण आज

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । साेमबार दिउँसो एक बजे शितलनिवासमा आयोजना हुने विशेष समारोहमा पौडेलले शपथ ग्रहण गर्न लागेका हुन् ।

प्रधानन्यायाधीश नभएकाले कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका हरिकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई शपथ ग्रहण गराउनेछन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । उनले आफ्ना प्रतिस्पर्धी नेकपा एमाले उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बरभन्दा बढी मतले पराजित गरी निर्वाचित भएका हुन् । चुनावमा पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेका थिए ।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति पुनःउम्मेदवार हुन नपाउने संविधानमा उल्लेख छ ।


प्रतिकृया दिनुहोस