२०८१ बैशाख १२ गते बुधबार | 24 April, 2024

म्याच फिक्सिङको आरोपमा दुई खेलाडी पक्राउ

- रासस सोमबार ०९, माघ २०७९ १०:१०

म्याच फिक्सिङको आरोपमा दुई खेलाडी पक्राउ

काठमाडाैं । नेपालमा भएको टी–२० लिगमा ‘स्पट फिक्सिङ’ र ‘म्याच फिक्सिङ’ गरेको आरोपमा क्रिकेटर महबुब आलम र मोहम्मद आदिल अन्सारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज पक्राउ गरेको छ । 

एक जनालाई विराटनगर र एक जनालाई राजविराजबाट पक्राउ गरी काठमाडौं ल्याइएको सिआइवी स्रोतले जनाएको छ ।

गत पुसमा काठमाडौंमा उक्त लिग भएको थियो । त्यहाँ म्याच फिक्सिङ र स्पट फिक्सिङ गरी सट्टेबाज गरेको आरोपमा सिआइवीले छानबिन समिति नै बनाएर अनुसन्धान गरिरहेको थियो ।

अनुसन्धान टोलीले अनुसन्धान सकेको र मङ्गलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने तयारी गरिएको सिआइबीका एक प्रहरी अधिकृतले जानकारी दिए।


प्रतिकृया दिनुहोस