२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

दाहालले २६ गते विश्वासको मत लिने

- विशेष खबर सोमबार १८, पुष २०७९ ०२:०७

दाहालले २६ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । २६ गते बस्ने प्रतिनिधिसभाको पहिलो बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने भएका हुन् ।

प्रधानमन्त्री दाहालले संसद्का महासचिवलाई सम्बोधन गर्दै विश्वासको मत लिने प्रयोजनका लागि व्यवस्था मिलाइदिन अनुरोध गरेका छन् । उनले २६ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन महासचिवलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री दाहालले पुस ११ गते शपथ लिएका थिए । विश्वासको मत पाएपछि मात्र उनले मन्त्रिपरिषद् विस्तार गर्ने बताउँदै आएका छन् ।


प्रतिकृया दिनुहोस