२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

आईएमई पे एप्लिकेसन अब नेपाली भाषामा

- विशेष खबर सोमबार १८, पुष २०७९ ०९:०३

आईएमई पे एप्लिकेसन अब नेपाली भाषामा

काठमाडौं । अबदेखि आईएमई पे एप्लिकेसन नेपाली भाषामा पनि अध्यावधिक हुने भएको छ । विद्युतीय भुक्तानी सेवा दिंदै आएको एप्लिकेसनले भाषागत समस्याका कारण आर्थिक कारोबारबाट बन्चित हुनु नपरोस् भनेर नेपाली भाषमा पनि सञ्चालन गरेको जनाएको छ ।

अब प्रयोगकर्ताहरुले आफूलाई सहज लाग्ने भाषा प्रयोग गरेर आईएमई पे मार्फत कुनैपनि डिजिटल भुक्तानी गर्न सक्ने कम्पनीको भनाइ छ ।

२० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरु मार्फत आईएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल हुँदै आएको कम्पनीको दाबी छ ।


प्रतिकृया दिनुहोस