२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

लिग टु क्रिकेटमा नेपाल नामिबियासँग फेरि पराजित

- विशेष खबर आइतबार ०१, साउन २०७९ ०८:१२

लिग टु क्रिकेटमा नेपाल नामिबियासँग फेरि पराजित

काठमाडौं । ब्याटिङमा कमजोर प्रदर्शनले आईसीसी क्रिकेट विश्वकप लिग टु मा  नेपाल नामिबियासँग ६३ रनले पराजित भएको छ ।

स्कटल्यान्डमा जारी नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले नामिबियासँग खेलेका दुवै खेल गुमाएकाे छ । 

नामिबियाले दिएको २०० रनको लक्ष्य पछ्याएको नेपाल ३७.५ ओभरमै १३६ रनमा अलआउट भयो । अयरमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९९ रन बनाएको थियो ।

यसअघि पहिलो खेलमा पनि नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । शृङ्खलाको अन्तिम खेलमा नेपालले आइतबार स्कटल्याण्डसँग खेल्नेछ । 


प्रतिकृया दिनुहोस