२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

सेयर बजार ९५ अंकले बढ्याे, कारोबार रकम २ अर्ब माथी

- विशेष खबर आइतबार १२, असार २०७९ ०३:५१

सेयर बजार ९५ अंकले बढ्याे, कारोबार रकम २ अर्ब माथी

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ९५ अंकले बढेकाे छ । नेप्से ९४.९ अंक (५.१ प्रतिशत)ले बढेर १९५६ अंकमा कायम भएको छ । कारोबार रकम पनि २ अर्ब १९ करोड पुग्यो । 

सबै उपसमूहका सूचक बढेका छन् । बैंकिङ ३५, विकास बैंक २५७, फाइनान्स १०२, होटल तथा पर्यटन १४०, जलविद्युत् १५६, जीवन बीमा ३६६, उत्पादन २८४, लघुवित्त २३१, निर्जीवन बीमा ३६२, अन्य ९६ र ब्यापार उपसमूह १२१ अंकले बढे ।

झण्डै ३ दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । नेसनल हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट, प्रोग्रेसिभ फाइनान्स, कर्पोरेट डेभलपमेन्ट, रिलायन्स फाइनान्स, एचआईडीसीएल, सिनर्जी पावर, घलेम्दी, युनिभर्सल पावर, सप्तकोसी विकास बैंक, स्वाभिमान लघुवित्त, युनियन हाइड्रोपावर, सबैको लघुवित्त, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, सानिमा लाइफ, सीवाईसी लघुवित्त, नागरिक लगानी कोष, हिमालयन डिस्टिलरीको मूल्य १० प्रतिशत बढ्यो ।

हिमाल दोलखा हाइड्रो, छ्याङ्दी हाइड्रोपावर, विशाल बजार, नबिल ब्यालेन्स फण्ड २, लिबर्टी इनर्जी, हिमालयन पावर, जनउत्थान लघुवित्त, सानिमा माइ, ग्रीन डेभलपमेन्ट, जोशी हाइड्रोपावर, हिमालय ऊर्जा विकास र पोखरा फाइनान्सको मूल्य ९.९ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा कुमारी बैंक, हिमालयन डिस्टिलरी, ङादी ग्रुप, नबिल बैंक र शिवम् सिमेन्ट क्रमश: अगाडि रहे ।


#सेयर बजार #नेप्से

प्रतिकृया दिनुहोस