२०८२ असार १७ गते मङ्गलबार | 1 July, 2025

एसियन कप छनोट : नेपालको लगातार दोस्रो हार

- विशेष खबर आइतबार २९, जेठ २०७९ ०८:४८

एसियन कप छनोट : नेपालको लगातार दोस्रो हार

काठमाडाैं । एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणको छनोटमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ।

समूह 'ए' अन्तर्गतको खेलमा नेपाललाई शनिबार राति कुवेतमा भएको खेलमा घरेलु टिमले ४-१ गोलले पराजित गरेकाे हाे।

यसअघि नेपाल पहिलो खेलमा जोर्डनसँग २-० गोलले पराजित भएको थियो। लगातार दोस्रो खेलमा पराजित भएसँगै अब नेपालको एसियन कपमा छनोट हुने सम्भावना लगभग सकिएको छ। 

अब नेपालले समूहको अन्तिम खेलमा इन्डोनेसियासँग आगामी मंगलबार राति प्रतिस्पर्धा गर्नेछ।  समूहको शीर्ष टिम आगामी वर्ष चीनमा हुने एसियन कपमा छनोट हुनेछ।  


प्रतिकृया दिनुहोस