२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

लिग टु क्रिकेटमा आज नेपाल र अमेरिका भिड्दै

- विशेष खबर शनिबार २८, जेठ २०७९ ०८:०६

लिग टु क्रिकेटमा आज नेपाल र अमेरिका भिड्दै

काठमाडौं । अमेरिकामा भइरहेको नेपाल, अमेरिका र ओमान सम्मिलित क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले आज घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।

खेल पर्लल्याण्डस्थित मोसा क्रिकेट मैदानमा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । शृंखलामा दुवैले एक एक खेल खेलिसकेका छन् तर फरक नतिजा निकालेका थिए ।

नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो । अमेरिकाले भने पहिलो खेलमा ओमानविरुद्ध तीन सय भन्दा बढी रन बनाएर ११४ रनको जित निकालेको थियो । नेपालले भने ओमानले दिएको २१२ रनको लक्ष्यसमेत पूरा गर्न सकेन ।

 लिग टु मा नेपाल र अमेरिका खेल्न लागेको यो तेस्रो शृंखला हो । यसअघि यी दुई टोलीले लिग २ मै चार खेल खेलिसकेका छन् । जसमा नेपालले ३ खेल जित्दा अमेरिकाले १ खेल जितेको छ ।


प्रतिकृया दिनुहोस