२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

आईपीएलकाे फाइनल पुग्यो गुजरात

बुधबार ११, जेठ २०७९ ०७:५५

आईपीएलकाे फाइनल पुग्यो गुजरात

काठमाडौं । गुजरात टाइटान्स इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । कोलकातामा मंगलबार राति भएको पहिलो क्वालिफाएरमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै गुजरात फाइनलमा पुगेको हो ।

गुजरातलाई फाइनलमा पुर्‍याउन डेविड मिलरले महत्वपूर्ण योगदान गरे । राजस्थानले दिएको १८९ रनको लक्ष्य पछ्याउने क्रममा ३ विकेट गुमाएको गुजरातलाई अन्तिम ओभरमा पुग्दासम्म १६ रन आवश्यक थियो । मिलरले लगातार ३ छक्का प्रहार गरेपछि १९.३ ओभरमै गुजरातले लक्ष्य पूरा गर्‍यो र फाइनलमा स्थान पक्का गरेको हो ।

गुजरातको जितका लागि मिलरले नटआउट ६८ रन बनाए भने कप्तान हार्दिक पाण्ड्या ४० रनमा अविजित रहे। शुभमन गिल र म्याथ्यु वेड ३५/३५ रन बनाएर आउट भए । ओपनर रिद्धिमन साहले भने रन जोड्न सकेनन् ।

बलिङतर्फ राजस्थानका ओबेद म्याकोय र ट्रेन्ट बोल्टले समान एक/एक विकेट लिए। पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८८ रन बनाएको थियो।

राजस्थानका लागि ओपनर जस बटलरले ८९ रनको अर्धसतकीय पारी खेले । क्याम्टेन सन्जु स्यासमनले ४७ र  देवदत्त पाडिक्कलले २८ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।बलिङतर्फ गुजरातका मोहम्मद शामी, यश दयाल, हार्दिक पाण्ड्या र साई किशोरले एक/एक विकेट लिए।

अब राजस्थानले फाइनल प्रवेशका लागि लखनऊ सुपर जायन्ट्स र चौंथो स्थानको रोयल च्यालेन्जर्स बेंगलोरमध्ये एकसँग खेल्नेछ । तेस्रो चौथो स्थानमा रहेका लखनऊ र बेंलोरबीचको खेल आज हुँदैछ । आजको खेल जित्नेले फाइनलका लागि राजस्थानसँग खेल्न पाउनेछन् ।


प्रतिकृया दिनुहोस