२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

मनाङबाट सुरु भयो मतगणना

- विशेष खबर शुक्रबार ३०, बैशाख २०७९ १०:०९

मनाङबाट सुरु भयो मतगणना
काठमाडौँ महानगरपालिकाको प्रदर्शनी मार्गस्थित वाल्मिकी क्यामसमा रहको मतदान केन्द्रमा शुक्रबार मतदान सम्पन्न भएपछि मतपेटिका सिल गर्दै कर्मचारी । तस्वीर ः चन्द्रकला क्षेत्री,रासस

काठमाडाैं । हिमाली जिल्ला मनाङबाट मतगणना सुरु भएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जिल्लाका सबै गाउँपालिकाको मतगणना सुरु भएको जानकारी दिए।

जिल्लामा चार गाउँपालिका रहेको छ । जिल्लाको नासोँ गाउँपालिकामा बेलुका ८ बजेदेखि नै पहिलो मतगणना सुरु भएको र त्यसको एक घण्टापछि अन्य गाउँपालिकामा समेत सुरु भएको उनले बताए।

जिल्लामा कूल ६ हजार ४९६ मतदाता रहेका छन् । कूल चार हजार ६७ मत खसेको छ । 


प्रतिकृया दिनुहोस