२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

रोल्पामा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, कांग्रेसका २ जना घाइते

- रासस मङ्गलबार २७, बैशाख २०७९ ०७:५८

रोल्पामा  माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, कांग्रेसका २ जना घाइते

राेल्पा । रोल्पाको गंगादेव गाउँपालिका–५ मा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ता बीच साेमबार राति झडप भएको छ । झडपमा परी कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन् । 

घाइते हुनेमा कांग्रेस तरुणदलका वडाध्यक्ष मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर छन् ।

माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरी शक्त घाइते बनाएको कांग्रेस गङ्गादेव गाउँपालिकाका कार्यकर्ता सुनिल वलीले जानकारी दिए ।

तरुणदलका वडाध्यक्ष बुढामगरको अवस्था गम्भीर छ । उनलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ ।

घटनापछि  प्रहरी नायब उपरीक्षक विनोद घिमिरे नेतृत्वको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थमन जिसीले जानकारी दिए। घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए। 


प्रतिकृया दिनुहोस