२०८० चैत १५ गते बिहिबार | 28 March, 2024

आईपीएल : दिल्लीले हैदरावादलाई हरायो

- विशेष खबर शुक्रबार २३, बैशाख २०७९ ०८:१४

आईपीएल : दिल्लीले हैदरावादलाई हरायो

काठमाडौं । सनराईजर्स हैदरावादलाई २१ रनले हराउदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा दिल्ली क्यापिटल्सले  पाँचौ जित निकालेको छ ।

बिहीबार राति दिल्लीले दिएको २०८ रनको लक्ष्य पछ्याएको  हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर मात्र १६८ रन बनाउन सक्यो ।

हैदरावादका निकोलस पुरनले सर्वाधिक ६२ रन बनाए । यस्तै एडिन मार्रक्रमले ४२ रनको योगदान गरे । दिल्लीका खलिल अहमेदले ३ तथा शार्दुल ठाकुरले २ विकेट लिए ।

यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर २०७ रनको बलियो योगफल तयार पारेकाे थियाे ।

दिल्लीका डेभिड वार्नरले सर्वाधिक ९२ रन बनाए । यस्तै  रोभम्यान पावेलले ६७ रनको योगदान गरे । 

जितसँगै १० खेलबाट १० अंक जोडेको दिल्ली पाचौ स्थानमा छ । हैदरावाद १० खेलमा १० अंक जोडेर छैटौ स्थानमा  छ ।


प्रतिकृया दिनुहोस