२०८० चैत ०६ गते मङ्गलबार | 19 March, 2024

सुनको मूल्य एक हजार ४०० ले बढ्यो

- विशेष खबर बिहिबार २२, बैशाख २०७९ १२:०८

सुनको मूल्य एक हजार ४०० ले बढ्यो

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार ४०० रूपैंयाले उकालो लागेर ९८ हजार ६०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार २०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार १०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ७०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १५ रूपैंयाले बढेर एक हजार ३०५ पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९०० डलर आसपास कारोबार भइरहेको छ ।


प्रतिकृया दिनुहोस