- विशेष खबर आइतबार ११, बैशाख २०७९ ०२:२०
काठमाडौं। नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ । कांग्रेसले ‘सबल स्थानीय सरकार :समुन्नत गाउँ, समुन्नत नगर’ भन्ने नारा दिएर ‘नेपाली कांग्रेसको संकल्प, स्थानीय तह निर्वाचन २०७९’ जारी गरी गरेको हो ।
आइतबार सानेपास्थित केन्द्रीय कार्यालयमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्तरुपमा स्थानीय घोषणा पत्र सार्वजनिक गरे ।
घोषणापत्रमा २०७४ को निर्वाचनपछि खेर गएको पाँच वर्ष, प्रदेश र केन्द्रमा नेकपाको सरकार, नेकपा सरकारको अधिनायकवाद र सर्वसत्तावाद, प्रतिनिधिसभा विघटन, लोकतान्त्रिक गणतन्त्र र संविधान असफल बनाउने षड्यन्त्र, प्रतिपक्षमा कांग्रेसले निभाएको जिम्मेवारीपूर्ण भूमिका, राष्ट्रिय संकटको बेला कांग्रेसले खेलेको भूमिका, आगामी १० वर्षमा समुन्नत नेपालको राष्ट्रिय संकल्प र मार्गचित्र प्रस्तुत गरेको छ ।
८८ पेजको घोषणा पत्रमार्फत् कांग्रेसले समुन्नत नेपालको प्रष्ट मार्गचित्र प्रस्तुत गरेको कांग्रेस महामन्त्री गगन थापाले बताए ।
घोषणा-पत्रको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहाेस्
प्रतिकृया दिनुहोस