२०८१ बैशाख १९ गते बुधबार | 1 May, 2024

एमालेको सचिवालय बैठक ओली निवास बालकोटमा जारी

- विशेष खबर शनिबार १०, बैशाख २०७९ ०७:०८

एमालेको सचिवालय बैठक ओली निवास बालकोटमा जारी
फाइल तस्बिर ।

काठमाडौं । महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जारी छ ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार मनोनयनको समय तोकिएको छ । मनोनयनको अघिल्लो दिन महानगर र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउन एमालेको बैठक बसेको हो ।

बिहीबार बसेको सचिवालय बैठकमा महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको आकांक्षीहरुको नाम प्रस्तुत गरिएको थियो । एमालेमा महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार छनोटको अधिकार केन्द्रीय समितिलाई छ ।


#एमाले #सचिवालय बैठक

प्रतिकृया दिनुहोस