२०८१ बैशाख १६ गते आइतबार | 28 April, 2024

कांग्रेसका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी

- विशेष खबर शनिबार १०, बैशाख २०७९ ०६:२८

कांग्रेसका शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी
फाइल तस्बिर ।

काठमाडौं। महानगरपालिकाका मेयर र उपमेयर पदका उम्मेदवार छान्न नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । कहाँ कसलाई उम्मेदवार बनाउने भन्ने छलफल टुंगिएको छैन । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नेताहरूसँग अलग–अलग छलफल गरेका छन् । शीर्ष नेताहरूबीचमै उम्मेदवारीबारे समझदारी नभएपछि शनिबार बस्ने भनिएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक समेत स्थगित भएको छ ।

कांग्रेसका एक नेताका अनुसार नेताहरूबीच अहिलेसम्म काठमाडौंको मेयरमा सिर्जना सिंह र भरतपुरको उपमेयरमा चित्रसेन अधिकारीलाई उम्मेदवार बनाउने सहमति बनेको छ । त्यसबाहेक ललितपुर र विराटनगरको मेयर तथा वीरगञ्ज र पोखराको उपमेयर पदको उम्मेदवार टुंगिएको छैन ।

उम्मेदवारको टुंगो लगाएपछि ती नाम कार्यसम्पादन समितिमा अनुमोदनका लागि प्रस्तुत गर्ने सभापति देउवाको तयारी छ । नेताहरूले उम्मेदवारको टुंगो नै लगाउन नसकेपछि शनिबारको कार्यसम्पादन समितिको बैठक समेत स्थगित भएको सचिव प्रदीप पराजुलीले बताए ।

‘तयारी नपुगेपछि बिहान ११ बजे बोलाइएको बैठक ३ बजेका लागि सारिएको हो । तर, त्यो समयमा पनि प्रस्तावमाथि सहमति नबनेपछि बैठक स्थगित भएको हो,’ उनले भने ।


#नेपाली काँँग्रेस #स्थानिय तह निर्वाचन #बैठक

प्रतिकृया दिनुहोस