२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

एकदिवसीय र ट्वान्टी-२० सिरिज : यस्ताे छ नेपाली टिम

- विशेष खबर मङ्गलबार ०८, चैत २०७८ ०७:४७

एकदिवसीय र ट्वान्टी-२० सिरिज : यस्ताे छ नेपाली टिम

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) ले पपुवा न्यु गिनी र मलेसियासँग हुने एकदिवसीय र ट्वान्टी-२० प्रतियोगिताका लागि खेलाडीको सूची सार्वजनिक गरेको छ । क्यानले एकदिवसीय र ट्वान्टी-२० सिरिजका लागि अलग-अलग टिमको घोषणा गरेका हो । दुवै शृंखलामा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल भने परेका छैनन् ।

यूएई भ्रमणअन्तर्गतको मंगलबार पपुवा न्यु गिनीविरुद्ध अन्तिम खेलमा पनि मल्ललाई बाहिर राखिएको थियो । मल्ल नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी भए पनि पछिल्ला खेलहरूमा उनको ब्याट राम्रोसँग खुल्न सकेको थिएन ।

त्यस्तै दुवै शृखंलामा विनोद भण्डारी पनि अटाएका छैन् । एकदिवसीय शृंखलामा आसिफ शेखलाई पनि राखिएको छैन । तर ट्वान्टी-२० शृखंलाका लागि भने उनलाई टिममा राखिएको छ ।

ज्ञानेन्द्र र विनोद बाहिर रहँदा राष्ट्रिय टोलीमा देव खनाल र अदिल अन्सारीलाई पहिलो पटक समावेश गरिएको छ । नेपालले काठमाडौंमा आउँदो शुक्रबार र शनिबार पपुवा न्युगिनीसँग एकदिवसीय शृखंला खेल्ने छ । त्यस्तै ट्वान्टी-२० शृखंलाअन्तर्गत नेपालले चैत १४ गते पपुवा न्यु गिनीविरुद्ध पहिलो खेल खेल्ने छ । त्यस्तै १६ गते मलेसिया, १७ गते पपुवा न्यु गिनी र १९ गते मलेसियाविरुद्ध खेल्ने तालिका रहेको छ ।

यस्तो छ नेपाली टिम

एकदिवसीय शृंखला

सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, विक्रम सोब, सुशन भारी, रोहित पौडेल, पवन सर्राफ, देव खनाल, गुलशन झा, भीम सार्की

ट्वान्टी-२० शृंखला

सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, करण केसी, अविनाश बोहरा, विवेक यादव, दिलिप नाथ, लोकेश बम, कुशल मल्ल, अदिल अन्सारी


#नेपाल क्रिकेट संघ #क्रिकेट #सन्दीप लामिछाने

प्रतिकृया दिनुहोस