२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

नेपाल बैंकले माग्यो ३०३ कर्मचारी, प्लस-टू उत्तीर्णलाई पनि अवसर

- विशेष खबर शुक्रबार २०, फागुन २०७८ ०८:२७

नेपाल बैंकले माग्यो ३०३ कर्मचारी, प्लस-टू उत्तीर्णलाई पनि अवसर

काठमाडाैं । सरकारी स्वामित्वको नेपाल बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । लोकसेवा आयोगको सहमतिमा ३०३ स्थायी कर्मचारी पदपूर्तिका लागि बैंकले शुक्रबार दरखास्त आह्वान गरेको हाे ।

आयोगले ६२ जना सहायक प्रबन्धक मागेको छ भने सहायक पदमा १५० जनाका लागि जागिरको अवसर छ । त्यस्तै, कनिष्ठ सहायकमा ९१ जनाका लागि दरखास्त आह्वान भएको छ ।

बैंकले सहायक प्रबन्धकमा ५६, सहायक प्रबन्धक (सिए) मा २ र सहायक प्रबन्धक (आइटी)मा ४ जना मागेको हो । सहायक प्रबन्धकका लागि व्यवस्थापन वा अर्थशास्त्र (मानविकी)मा न्यूनतम स्नाकोत्तर हुनुपर्नेछ भने सिएका लागि सिए÷एसीसीए उत्तीर्ण हुनुपर्नेछ । त्यस्तै, आइटी दरखास्त दिन सूचना प्रविधिमा बीसीए/बीसीआइकम/बीआइटी/बीआइएम/बीएस्सी हुनुपर्नेछ ।

बैंकले सहायक र कनिष्ठ सहायकका लागि प्रदेशगत कोटा छुट्याएको छ । १४८ जना सहायक मागेको बैंकले प्रदेश १  र मधेसमा ३१÷३१ जनाका लागि कोटा छुट्याएको छ ।

बैंकले बागमतीमा ५१, गण्डकीमा १०, लुम्बिनीमा २१ तथा कर्णाली र सुदूरपश्चिममा २÷२ जना सहायक मागेको छ । यसका लागि व्यवस्थापन वा अर्थशास्त्रमा स्नातक उत्तीर्ण हुनुपर्नेछ । सहायक आइटी बागमतीका लागि २ जना माग गरिएको छ । 

बैंकले ९१ जना कनिष्ठ सहायक मागेको छ ।  जसअनुसार प्रदेश १ मा १६, मधेसमा १५, बागमतीमा २७, गण्डकीमा १२, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ५ जना माग गरिएको छ । यसका लागि व्यवस्थापनमा प्रमाणपत्र÷ प्लस टु उत्तीर्ण हुनुपर्नेछ ।

योग्यता पुगेका उम्मेदवारले १० चैतसम्म अनलाइनबाट आवेदन दिन सक्ने बैंकले जनाएको छ ।


प्रतिकृया दिनुहोस