२०८१ बैशाख १८ गते मङ्गलबार | 30 April, 2024

आन्तरिक रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

- विशेष खबर बुधबार १८, फागुन २०७८ ०७:५५

आन्तरिक रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको एक स्थानबाट अर्को स्थानमा हुने रकम स्थानान्तरण (आन्तरिक रेमिट्यान्स) को सीमा घटाएकाे छ । अब एक व्यक्तिले प्रतिदिन बढीमा २५ हजार रुपैयाँ मात्र स्थानान्तरण गर्न पाइने भएको छ ।

राष्ट्र बैंकले स्वदेशमा रकम स्थानान्तरण गर्नेसम्बन्धमा बुधबार एक सूचना जारी गर्दै विप्रेषण कम्पनीका ‘सब एजेन्ट’ वा ‘सब रिप्रिजेन्टेटिभ’हरूले स्वदेशमा कारोबार गर्दा प्रतिव्यक्ति, प्रतिकारोबार प्रतिदिन २५ हजार रूपैंयासम्म मात्रै गर्न पाउने व्यवस्था गरेको हाे। यसअघि यस्तो सीमा प्रतिव्यक्ति प्रतिदिन एक लाख रुपैयाँ थियो ।  

विदेशबाट नेपालस्थित सम्बन्धित व्यक्ति वा आफन्तलाई पठाएको विप्रेषण रकम नगदमै भुक्तानी गर्न सकिने सीमामा भने कुनै परिवर्तन नगरिएको जनाएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत आन्तरिक रेमिट्यान्सको सीमा घटाउने घोषणा गरेको थियो ।  


#रेमिट्यान्स #नेपाल राष्ट्र बैंक

प्रतिकृया दिनुहोस