२०८१ बैशाख २६ गते बुधबार | 8 May, 2024

ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकाेटमा

- विशेष खबर शुक्रबार १३, फागुन २०७८ ०६:४१

ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकाेटमा

काठमाडौं । एमसीसीलाई लिएर उत्पन्न राजनीतिक विवादबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी ओलीको निजी निवास बालकोट पुगेका छन् । उनीसँगै सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि सहभागी छन् ।

यस्तै नेपाली कांग्रेसका अन्य नेताहरू पनि बालकोट जाँदै गरेको देउवा निकट स्रोतले बताएको छ । संसद्‍बाट एमसीसी पास गर्ने विषयमा सहमति निकाल्न प्रधानमन्त्री देउवा ओलीलाई भेट्न उनकै निवास पुगेका हुन् ।

संसद्‍ बैठकबाट एमसीसी पास हुन नसकिरहँदा प्रधानमन्त्री देउवासहित कांग्रेसका नेताहरूले भने यसलाई छिट्टै संसद्‍बाट पास गर्नुपर्ने भन्दै पहल गर्दैआएका छन् । यद्यपि सत्ता गठबन्धन दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीले असहमति जनाउँदै आएका छन् ।

एमालेले भने यस मुद्दामा प्रवेश गर्नुअघि एमालेले कारबाही सिफारिस सांसद्‍हरूको विषयमा छलफल गर्नुपर्ने भन्दैआएको छ ।


#शेरबहादुर देउवा #केपी ओली

प्रतिकृया दिनुहोस