२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

टी–२० विश्वकपमा छनोट हुने नेपालको सपना अधुरै

- विशेष खबर मङ्गलबार १०, फागुन २०७८ ०७:०२

टी–२० विश्वकपमा छनोट हुने नेपालको सपना अधुरै

काठमाडौं । नेपालको टी–२० विश्वकपमा छनोट हुने सपना अधुरै रहेकाे छ । ८ वर्षपछि पुनः विश्वकपमा पुग्ने निर्णायक खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको छ ।

ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा मंगलबार युएईविरुद्ध नेपालले बलिङ र ब्याटिङ दुवैमा अपेक्षाकृत प्रदर्शन गर्न सकेन ।

युएईविरुद्ध १७६ रनको लक्ष्य पछ्याएको नेपालले १८.४ ओभरमा सबै विकेट गुमाएर १०७ रनमात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३८, ज्ञानेन्द्र मल्लले २० र आरिफ शेखले ११ रन जोड्नुबाहेक अरु ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

नेपाललाई हराएको युएई भने अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट भएको छ ।


#क्रिकेट विश्वकप #नेपाल

प्रतिकृया दिनुहोस