२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

एमसीसीको विपक्षमा उभिनेमा हामी स्पष्ट छौं : अध्यक्ष दाहाल

- विशेष खबर आइतबार ०८, फागुन २०७८ ०५:५८

एमसीसीको विपक्षमा उभिनेमा हामी स्पष्ट छौं : अध्यक्ष दाहाल

काठमाडौं । सत्तारुढ नेकपामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विवाद र विरोधका बीच संसद्‌मा एमसीसी टेबल भएको बताएका छन् । आइतबार साँझ ट्विट गर्दै अध्यक्ष दाहालले सरकारले विवादबीच एमसीसी टेबल गरेको बताएका हुन् ।

दाहालले लेखेका छन्,'हाम्रो पार्टी र संसदीय दलले एमसीसीका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ।'

उनले आफ्नो पार्टी एमसीसीको विपक्षमा उभिने प्रस्ट रहेको पनि जनाएका छन् । एमसीसीको विपक्षमा उभिने सम्बन्धीमा पार्टी र संसदीय दललले पहिलै नै स्पष्ट रहेको उनले बताए ।

यस्तै,अध्यक्ष दाहालले एमसीसी टेबल गर्नु हुँदैन भन्दै प्रहरीले गरेको दमनको विरोध गरेका छन् । उनले एमसीसीको विपक्षमा प्रदर्शन गर्दा घाइेतहरूको स्वास्थ्यलाभको पनि कामना गरे ।


#माओवादी केन्द्र #पुष्पकमल दाहाल #एमसीसी

प्रतिकृया दिनुहोस