२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

टी-२० विश्वकप छनोट : नेपालद्वारा फिलिपिन्स १३६ रनले पराजित

- विशेष खबर शनिबार ०७, फागुन २०७८ ०३:०५

टी-२० विश्वकप छनोट : नेपालद्वारा फिलिपिन्स १३६ रनले पराजित

काठमाडौं । फिलिपिन्सलाई  १३६ रनले पराजित गरेपछि नेपाल टी-२० विश्वकप छनोट ग्लोवल क्वालिफायरको सेमिफाइनल नजिक पुगेको छ ।

ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा २१९ रनको विशाल लक्ष्य पछ्याएको फिलिपिन्सलाई ८२ रनमा रोक्दै नेपालले समूहमा लगातार दोस्रो जित निकालेको हो ।

दुई खेलबाट चार अंक जोडेर नेपाल समूहको शीर्ष स्थानमा पुगेको छ । कमजोर प्रतिस्पर्धी फिलिपिन्सलाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए । उनले ४ ओभरमा ९ रनमात्र खर्चिए । गुल्सन झा, जितेन्द्र मुखिया, अविनाश बोहोरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।

फिलिपिन्सका ड्यानिएल स्मिथले २० र जोर्डन एलेग्राले २७ रन बनाए । यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको शतकीय योगदानमा २१८ रनको विशाल योगफल खडा गरेको थियो । कुशलले ६१ बलमा १३ चौका र १ छक्कासहित अविजित १०४ रन बनाए । उनको यो टी-२० अन्तर्राष्ट्रियमा पहिलो शतक हो ।

त्यस्तै दीपेन्द्रसिंह ऐरीले ८३ रनको योगदान गरे । कुशल र दीपेन्द्रले दोस्रो तेस्रो विकेटका लागि १७१ रनको साझेदारी गरेका थिए ।


#टी-२० विश्वकप छनोट #नेपाल

प्रतिकृया दिनुहोस