२०८१ बैशाख १२ गते बुधबार | 24 April, 2024

चारदेशीय ट्वान्टी–२० शृंखलामा यूएईसँग नेपाल पारजित

- विशेष खबर शनिबार २९, माघ २०७८ ०९:३६

चारदेशीय ट्वान्टी–२० शृंखलामा यूएईसँग नेपाल पारजित

काठमाडौं । नेपालले चारदेशीय ट्वान्टी–२० शृंखलामा युएईविरूद्ध २५ रनको पराजय बेहोरेको छ । १ सय ९३ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाइ १ सय ६७ रनमात्र बनाउन सक्यो ।

नेपालबाट ओपनरद्वय ज्ञानेन्द्र मल्ल १९ बलमा २२ र आसिफ शेखले २९ बलमा ३४ रन बनाए । ज्ञानेन्द्रले २ चौका र १ छक्का तथा आसिफले ४ चौका र १ छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४१ रन बनाए । ३३ बल खेलेका उनले ५ चौका प्रहार गरे ।

आरिफ शेख ११ रनमा आउट भएका थिए । इनिङ्सको अन्तिम बलमा आउट भएका लोकेश बलमा २१ बलमा २ चौका र २ छक्कासहित ३३ रन बनाए । उनको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो । शरद भेषावकर ८ बलमा १० रन बनाइ अविजित रहे । युएईका कासिफ दौडले ४ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए ।

नेपालले अघिल्लो खेलमा शुक्रबार ओमानलाई ६ विकेटले पराजित गरेको थियो । नेपालले सोमबार आयरल्यान्डसँग प्रतियोगिताको अन्तिम खेल खेल्ने छ ।

यसअघि पावर प्लेको ६ ओभरमा युएईले १ विकेट गुमाइ ६० रन जोडेर आक्रामक सुरुआत गरेको यूएईले चिराग सुरी र रोहन मुस्ताफाको सानदारमा १९२–३ को मजबुत स्कोर बनाएको थियो ।

सुरी ८४ रन बनाएर अविजित रहे । उनले ५३ बल खेली ५ चैका र ५ छक्का प्रहार गरे । उनीसँगै अविजित रहेका मोहम्मद बुटाले ८ बलमा १४ रन बनाए । मुस्ताफाले ३५ बलमा ५ चौका र २ छक्का प्रहार गरी ४९ रनमा आउट भए ।

ओमानको राजधानी मस्कटमा ओपनर मोहम्मद वासिमले तेस्रो ओभरको पहिलो दुई बलमा शाहव आलमको बलमा लगातार दुई छक्का प्रहार गरेका थिए । त्यसको अर्को बलमा शाहवले वासिमलाई दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराए । वासिमले १३ बलमा २२ रन बनाए । कप्तान सन्दीप लामिछानेले बसिल अहमदलाई १७ रनमा बोल्ड गरे ।

नेपालले ओमानसँगको टोलीबाट तीन खेलाडी परिवर्तन गरेको छ । प्रदीप ऐरी, अविनाश बोहरा र सागर ढकालको स्थानमा लोकेश बम, जितेन्द्र मुखिया र शाहवलाई खेलाइएको छ । नेपालले लगातार दोस्रो खेलमा पनि प्रमुख खेलाडीद्वय कुशल भुर्तेल र करण केसीलाई खेलाएको छैन । ट्वान्टी–२० विश्वकपको छनोटको तयारीको रुपमा नेपालले यो प्रतियोगिता खेलिरहेको छ । विश्वकप छनोटको खेलहरू पनि मस्कटमै हुनेछ ।

 


प्रतिकृया दिनुहोस